बैतडी –सुदूरपश्चिममा बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा कैलालीमा ४ जना, बैतडी, कञ्चनपुर र बाजुरामा एक ÷एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरमा ४ जना र कैलालीमा एकजना कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९५६ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेशभरी अहिले सम्म ४ लाख १९ हजार २९० जनाको कोरोना परीक्षण गर्दा ४८ हजार १४७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ६१२ जनाको मृत्यु भएको छ भने बाँकीले कोरोना जितेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ १८:१२
प्रतिक्रिया दिनुहोस्