बैतडी –बैतडीमा झण्डै ९० हजार नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । ८९ हजार ९८४ जनाले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । जिल्लाभरी ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका उनले बताए ।
१८ बर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको सुवेदीले बताए ।
पछिल्लो विवरण अनुसार डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप पाएका छन् ।
यस्तै पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र ७ हजार ८२१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै सुर्नया गाउँपालिकामा ३ हजार ७१८ जनाले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा ५ हजार ९३७ जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै शिवनाथ गाउँपालिकामा ५ हजार १३६ जनाले पहिलो मात्रा र ३ हजार ७३५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
मेलौली नगरपालिकामा ९ हजार १३६ जनाले पहिलो मात्रा र ५ हजार २१८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । जिल्लाको पाटन नगरपालिकामा ६ हजार १६१ जनाले पहिलो मात्रा र ८ हजार ७५३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने सिगास गाउँपालिकामा ८ हजार ३९५ जनाले पहिलो मात्रा र ३ हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।