Sagun Khabar
महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै

काठमाण्डौ – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता बढिरहेको छ ।

पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा एक हजार आठ सय ९५ मत गन्दा थापाले १२ सय ९४ मत प्राप्त गरेका छन् । 

Atrya hospital

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले आठ सय २७ मत ल्याएका छन् । प्रदीप पौडेलको ६ सय ६८, डा. प्रकाशशरण महतको ६ सय २०, मिनेन्द्र रिजालको तीन सय २९ र डाक्टर राजाराम कार्कीको ५८ मत छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीका उम्मेदवार रहेका छन्  ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा निर्वाचित भइसको छन् भने  भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । 
महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update