काठमाण्डौ – रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भएपछि राजीनामा दिएका हुन् ।
उनले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घोषणा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १६:५१
प्रतिक्रिया दिनुहोस्