बैतडी–नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ पाटन नगरकमिटि बैतडीको अध्यक्षमा जयन्ती पन्त चयन भएकी छिन् । आज भएको नगर अधिवेशनले पन्तको अध्यक्षतमा ५६ सदस्यीय नगरकमिटि चयन गरिएको हो ।
सो कमिटिको उपाध्यक्षमा धाना बिष्ट, सचिवमा शान्ति भट्ट , सहसचिवमा सुशीला ऐरी, कोषाध्यक्षमा सुनीता भट्ट सहित अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य लिलाधर भट्ट, अनेम संघका बैतडी इन्चार्ज सरस्वती नेपाली लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १८:०३
प्रतिक्रिया दिनुहोस्