बैतडी –बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगाडाकेदार गाउँपालिका वडा नम्बर ७ कि किशोरी भागरथी भट्टका परिवारलाई दुई लाख आर्थिक सहयोग प्रदान गरिएको छ । नेकपा एमाले प्रवास कमिटी, नेपाली मञ्च–युकेले मृतक भट्टका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
भागरथीकी आमा द्रोपती भट्टलाई सनातन धर्म माविमा औपचारिक कार्यक्रम गरेर सहयोग रकम हस्तान्तरण गरिएको नेकपा एमाले दोगडाकेदार गाउँकमिटीका अध्यक्ष काशीसिंह बिष्टले बताए ।
भागरथीको गत बर्ष विद्यालयबाट फर्कदै गरेको अवस्थामा बलात्कार पछि हत्या भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १८:२३
प्रतिक्रिया दिनुहोस्