बैतडी –सुदूरपश्चिममा बिहीबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८९१ जनाको कोरोना परीक्षण गर्दा थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना, एन्टीजेन परीक्षणमा कैलालीमा २ र कञ्चनपुरमा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८ ०७:३२
प्रतिक्रिया दिनुहोस्