Sagun Khabar
धनगढीमा सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना 
Atrya hospital

कैलाली –धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरेका हुन् । 

पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो । यसअघि नेपालगञ्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको काम हेर्दै आएको थियो । 

बोर्डको कार्यालय स्थापनासँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update