Sagun Khabar
दशरथचन्द बहुउद्देश्यीय भवन निर्माणका लागि नगर विकास कोष र नगरपालिकाबीच सम्झौता 
Atrya hospital

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा दशरथचन्द नगर भवन निर्माणका लागि नगर विकास कोष र दशरथचन्द नगरपालिकाबीच सम्झौता भएको छ । 

६५ प्रतिशत नगर विकास कोषले ऋण उपलब्ध गराउनेछ भने ३५ प्रतिशत नगरपालिकाले लगानि गर्ने सम्झौता भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । भवन निर्माणका लागि ४ करोड ६६ लाख २० हजार लागत लाग्नेछ । 

नगर विकास कोषसंग सम्झौता भएपछि अब दशरथचन्द बहुउद्देश्यीय नगर भवन निर्माण हुने जनाइएको छ । सम्झौतामा नगरपालिकाका तर्फबाट उपप्रमुख चन्दले आज हस्ताक्षर गरेकी छिन् । भवन निर्माणका लागि सम्झौता भएपछि अब गोठलापानीमा दुई बर्षभित्र भवन निर्माण गरिने बताइएको छ । यसअघिका नगरभवन जीर्ण भएकाले त्यो ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गरिने जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update