Sagun Khabar
बैतडीका एक युवाको भारतको बेंगलोरमा मृत्यु 
Atrya hospital

बैतडी– रोजगारीको सिलसिलामा आफ्ना आमाबुवासंगै भारतको बेंगलोरमै बस्दै आएका एक युवाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ लामाखेत, पटौटीका २० बर्षीय सौरभ विकको मृत्यु भएको हो । 

मृगौलामा समस्या आएपछि उपचार गराउँदै आएका विकको आज मृत्यु भएको उनका आफन्त हरिराम पार्कीले बताए । 

मृतक विक बेंगलोरमै एक कलेजमा काम गर्दै आएका थिए । मृतकका बुवा रनीराम विक पनि विगतदेखि बेंगलोरमै काम गर्दै आईरहेका छन् । उनी सपरिवार बेंगलोरमै बस्दै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update