Sagun Khabar
बैतडीमा मंगलबारदेखि बालबालिकालाई विद्यालयमै कोरोना विरुद्ध खोप दिइने

बैतडी– बैतडीमा मंगलबार देखि बालबालिकाहरुलाई कोरोना विरुद्धको मोडर्ना  खोप लगाइने भएको छ । जिल्लाका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । 

जिल्लाका सबै स्थानीय तहमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरु ३८ हजार ८१२ रहेका छन् ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो । जिल्लाभरी २७९ ओटा विद्यालयमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

Atrya hospital

जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालयमा पुस ६ देखि ८ सम्म, दशरथचन्द नगरपालिका , पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९ गते सम्म खोप लगाइनेछ । यस्तै मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० सम्म  खोप लगाइने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ । 

विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएकाले निर्धक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । खोप अभियान अन्तर्गत सबै पालिकाहरुमा खोप पुर्याईसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update