Sagun Khabar
पुर्चौंडीको विकासका लागि कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

 बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न योजनाहरु अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । मंगलबार नेपाली कांग्रेस पुर्चौंडी नगरकार्य समितिका सभापति गणेश गडालको नेतृत्वमा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

प्रधानमन्त्री कार्यालयमै पुगेर पुर्चौंडीको विकासका लागि विभिन्न योजनाहरु अगाडि बढाउन ८ बुँदे ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेस पुर्चौंडी नगर कार्य समितिका सभापति गणेश गडालले बताए । 

Atrya hospital

पुर्चौंडी बहुुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, पुरघाट प्रहरीचौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्नुपर्ने माग राखिएको छ । 

यस्तै श्रीभावर–हाट–चमेलिया जलविद्युत–गण्न्ना –सिमार सडकलाई अगाडि बढाउनुपर्ने, पुर्चौंडी नगरपालिका ७ स्थित फलाम खानीलाई उत्खनन गर्नुपर्ने माग गरिएको छ । यस्तै बाढी पहिरोबाट प्रभावित पुर्चौंडी नगरपालिकाभित्रका नागरिकलाई उचित राहतको व्यवस्थापन गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, लेखापाल र कर्मचारीहरुको तलब सुविधा बढाउन संघीय सरकारले पहल गर्नुपर्ने माग राखिएको नगर सभापति गडालले बताए । 

नेपाली कांग्रेसले बुझाएको ज्ञापन पत्रप्रति प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया आएको र माग पूरा गर्न सरकारले पहल गर्ने प्रतिबद्धता जनाएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपक बमले बताए । प्रधानमन्त्रीसंगको भेटका लागि संयोजनको काम नेता बमले गरेका थिए ।  

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update