बैतडी–बैतडीको पाटनस्थित ग्लोबल आइएमई बैँक लिमिटेड पाटन उपशाखाले बित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैँक लिमिटेड पाटन उपशाखाको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक लिमिटेड उपशाखाले जनाएको छ ।
ग्लोबल आइएमई बैङ्कमा आवद्ध ग्राहक तथा आमसर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गरिएको पाटन उपशाखा प्रमुख उपेन्द्र बहादुर चन्दले बताए ।
एक दिने साक्षात्कार कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयबाट शौरभ रिसाल, निरज शर्मा, प्रादेशिक कार्यालयबाट चेतराज भण्डारी लगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
उनीहरूले कार्यक्रममा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड , क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कोर्पेरेट पे लगायतका विषयमा जानकारी गराएका थिए ।
डिजिटल बैंकिङ प्रणालीले सेवाग्राहीहरुलाई सहज हुने कुराका बिषयमा जानकारी गराइएको थियो ।नेपाल राष्ट्र बैंकबाट “क” बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैङ्कले देशका ७६ जिल्लामा २ सय ८७ वटा शाखा सञ्जाल विस्तार गरीसकेको तथा हाल बैङ्कको ग्राहक संख्या २७ लाख बढी रहेको बताइएको छ ।