Sagun Khabar
भुगोल तर्फ सुदूरपश्चिमका तीनजना कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित  
Atrya hospital

बैतडी – नेपाली कांग्रेसको सुदूरपश्चिम भूगोलतर्फ दुई केन्द्रीय सदस्यमा यज्ञराज जोशी र डा. रणबहादुर रावल विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार  अनुसार रावलले २ हजार ६६९ र जोशीले २ हजार ४४ मत ल्याएर विजयी भए । भरतबहादुर खड्का, पुष्करराज ओझा, दिवानसिंह विष्ट र गणेशराज भट्ट भने पराजित भएका छन् । 

खड्काले १ हजार ८०६, बिष्टले १ हजार ७१२, ओझाले ४५० र भट्टले ४२२ मत पाए । विजयी भएका दुबैजना सभापति शेरबहादुर देउवा पक्षका हुन् । भूगोलतर्फ एक महिलासहित तीन जना केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । 

महिलातर्फ पनि देउवा पक्षकै सुशिला मिश्र भट्ट विजयी भएकी छिन् । उनले २ हजार ४२२ मत पाइन् । यस्तै चन्द्रा जोशीले १हजार ७६३ र रमिता देउवा शाहले ४०३ मत पाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update