बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ स्थित कुलौन मावि खतेडीमा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृति अक्षय कोष स्थापना गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषले विद्यालयमा अक्षय कोष स्थापना गरेको कोषका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए ।
कोषले विद्यालयमा २५ हजार १२५ रुपैंयाको अक्षय कोष स्थापना गरेको र सो कोषबाट प्राप्त हुने ब्याजले प्रत्येक बर्ष मेधावी एकजना छात्रा र एक जना छात्रालाई छात्रवृति प्रदान गरिने उनले बताए ।
कुलौन माविको ७२ औं बार्षिकोत्सवको अवसरमा अक्षय कोषको स्थापना गरिएको हो । बालिचान धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषले दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा मार्फत अक्षय कोषको चेक विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहरालाई हस्तान्तरण गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका क्षेत्रीले सो विद्यालयमा ३७९ जना विद्यार्थी अध्ययनरत रहेका बताएका छन् । विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र समस्यामा परेका विद्यार्थीहरुलाई केही सहयोग होस भनेर अक्षय कोष स्थापना गरिएको बताइएको छ ।
बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषले विभिन्न सहयोग गर्दै आएको छ । आर्थिक अभावमा उपचार गराउन नसकेकाहरुका लागि अभियान सञ्चालन गर्नुका साथै कोरोनाबाट प्रभावितहरुका लागि राहत सहयोग समेत उपलब्ध गराएको कोषका अध्यक्ष क्षेत्रीले बताए ।