सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।
पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
-उज्यालो
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ १२:४०
प्रतिक्रिया दिनुहोस्