Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा मानसिक रोग बिशेषज्ञ आउने 

बैतडी –जिल्ला अस्पताल बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने भएका छन् । पुष ९ गते शुक्रबार डडेल्धुराबाट बैतडीमा मानसिक रोग सम्बन्धी विशेषज्ञ चिकित्सक आउने अस्पतालका सूचना अधिकारी हरिशप्रशाद पन्तले जानकारी दिए । 

बिशेषज्ञ चिकित्सकबाट सामान्य चेकजाँच सेवा, परार्मश सेवा प्रदान गरिने पन्तले जानकारी दिनुभयो । बिरामीहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिने उनले बताए । 

Atrya hospital

अस्पतालमा विशेषज्ञ चिकित्सक आउने भएकाले मानसिक रोग सम्बन्धी समस्या भएकाहरुलाई सेवा लिन जिल्ला अस्पतालले आग्रह गरेको छ ।

बिशेषज्ञ सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म सञ्चालन हुने बताइएको छ । यसअघि पनि समय समयमा जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा सञ्चालन हुँदै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update