बैतडी– नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ र भातृृ संगठन किसान महासंघको वडा कमिटि गठन गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ८ मा दुवै संगठनको वडा कमिटि गठन गरिएको एमाले सुर्नया गाउँपालिका कमिटिका उपसचिव पदमराज अवस्थीले बताए ।
पार्वती बोहराको अध्यक्षतामा अखिल नेपाल महिला संघको २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो भने बीरबहादुर साउँदको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।
पौष २३ गते जिल्ला अधिवेशन हुने भएकाले त्यो भन्दा पहिला नै सबै जनवर्गीय संगठनका कमिटिहरु गठन गरिसक्न एमाले बैतडीले निर्देशन समेत दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १७:५७
प्रतिक्रिया दिनुहोस्