Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आज थप १२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ७ सय ४ जनाको कोरोना परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै एन्टीजेन परीक्षणमा कञ्चनपुरका ४ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update