कञ्चनपुर –कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयले विकासका क्षेत्रमा खर्च गरेको बजेटबारे विवरण सार्वजनिक गर्नुपर्ने माग राखेर स्थानीयले तालाबन्दी गरेका हुन् ।
बाटोघाटो, स्वास्थ्य चौकी, खेलकुद, तालिम, कोभिडका बेला बाँडिएका राहत सामग्री लगायतका बारेमा पार्दशिता देखाउन उनीहरुले माग गरे्का छन् । यस्तै केही महिना पहिले वडा कार्यालयको बजेटमा सडक पोलमा लगाइएका बत्ती बिग्रीएकोमा त्यसबारे कसैले चासो नदेखाएको भन्दै स्थानीयले रोष प्रकट गरेका छन् ।
उनीहरुले ती बत्ती मर्मत गरिनुपर्ने र त्यसबारे विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८ १२:४८
प्रतिक्रिया दिनुहोस्