Sagun Khabar
सुदूरपश्चिममा शनिबार थप ५ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ३९७ जनाको कोरोना परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

एन्टीजेन परीक्षण बैतडीका ४ जना र कैलालीका एकजनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभरी अहिले ९३ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update