Sagun Khabar
बैतडीको डिलाशैनीका विद्यालयमा विव्यस गठन गर्न कांग्रेसको आग्रह 

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ मा रहेका विभिन्न विद्यालयहरुमा समयमै विद्यालय व्यवस्थापन समिति गठन नभएकोप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ ले आइतबार विज्ञप्ती प्रकाशन गर्दै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति यथाशीघ्र गठन गर्न आग्रह गरिएको छ । 

सेटीगाउँ मावि ककरपाखा, जगदम्बा आधारभूत विद्यालय र शिवलिङ्ग आधारभूत लगायतका विद्यालयहरुमा व्यवस्थापन समिति गठन नभएको प्रति कांग्रेसले स्थानीय सरकार र विद्यालय प्रशासनको ध्यानाकर्षण गराएको हो । 

Atrya hospital

नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका वडा  ५ का सभापति विजयसिंह थलाल र वडा नं ६ का सभापति कृष्णदेव जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यालयहरुमा राजनीति नगर्न आग्रह गरिएको छ । 

विद्यालयहरुमा राजनीतिकै कारण समयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको भन्दै कांग्रेसले कानुनको परिपालनमा गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update