Sagun Khabar
स्वास्थ्य कार्यालय बैतडीका सहयोगी ठगुन्नाको हृदयघातका कारण मृत्यु 
Atrya hospital

बैतडी– स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कार्यालय सहयोगी चन्द्रसिंह ठगुन्नाको आइतबार मृत्यु भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बिहान १० बजेतिर कार्यालय आउने बेला बाटोमै ढलेका ठगुन्नालाई तत्कालै जिल्ला अस्पताल ल्याइएको र जिल्लामा उपचार सम्भव नभएपछि लागि धनगढी लैजादै गर्दा दिउँसो १ बजे पाटन नजिक बाटोमै मृत्यु भएको हो ।

ठगुन्नाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । ५० वर्षीय ठगुन्ना लामो समदेखि स्वास्थ्य कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका थिए । ठगुन्नाको मृत्युपछि स्वास्थ्य कार्यालयले दुःख व्यक्त गरेको छ । ठगुन्ना मिलनसार कर्मचारीको रुपमा रहेको उनका सहकर्मीहरुले बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update