Sagun Khabar
बैतडीका स्थानीय तहहरु निमित्तकै भरमा 

बैतडी–स्थानीय तहमा जनप्रतिनिधि आएको चार बर्ष पूरा भईसकेको छ । तर अझै तहहरुले कर्मचारीकै अभाव भएको बताइरहेका छन् । कर्मचारीको अभावमा सोचे अनुसारको काम हुन नसकेको जनप्रतिनिधिहरुको भनाई छ ।

उपसचिवको दरबन्दी भएको ठाउँमा नायब सुब्बाले काम चलाउनुपरीरहेको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । उनले भने ‘नगरपालिकामा जहिले पनि कर्मचारीकै अभाव रह्यो । यो चार बर्षको अवधिमा कर्मचारीको अभावमा धेरै कामहरु हुन सकेनन् ।’

Atrya hospital

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा इन्जिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ । कर्मचारीको अभावमा कामहरु अगाडि बढाउन नसकिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

मेलौलीमा नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत आउने र सरुवा हुने क्रमका कारण काम गर्न अप्ठ्यारो हुने गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भईरहेका छन् । 

स्थानीय तहहरुमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको बताइएको छ । कतिपय ठाउँमा कर्मचारी र जनप्रतिनिधिहरुको कुरा नमिल्दा कर्मचारीको चाँडै सरुवा हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update