बैतडी– बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतीका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपैंया बजेट विनियोजन भएको छ । बहुबर्षीय आयोजना अन्तर्गत सो बजेट विनियोजन भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणको आइतबार बसेको बैठकले सुदूरपश्चिमका विभिन्न विमानस्थल स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको हो ।
पर्यटन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थलका लागि १ अर्ब रकम विनियोजन गरेको छ । यस्तै दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै डोटी विमानस्थल, साँफेबगर विमानस्थल, कमलबजार विमानस्थल, महेन्द्रनगर विमानस्थल , बाजुरा विमानस्थल र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८ ०८:२४
प्रतिक्रिया दिनुहोस्