Sagun Khabar
कैलालीका अर्जुन दासको शव आफन्तले १० दिनपछि बुझे 
फाइल फोटो
Atrya hospital

कैलाली – कैलालीका २५ बर्षीय अर्जुन दासको शव आफन्तले बुझेका छन् । यही पौष ३ गते विभत्स हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका ९ का दासको शव घटनास्थलबाट टिकापुर अस्पतालमा राखिएको थियो । दासका आफन्तले राखेका माग सम्बोधन गर्ने सहमतिपछि परिवारजनले शव बुझेका हुन् । 

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए ।  

पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलिपल्ट स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।   

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update