Sagun Khabar
बैतडीको सुर्नयाका विद्यालयमा अनुगमन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको अनुगमन शुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले ८ ओटै वडामा रहेका सामुदायिक विद्यालयहरुको अनुगमन शुरु गरेको गाउँपालिकाका शिक्षा अधिकृत हिमांशु भट्टले बताए । 

विद्यालयहरुमा शिक्षकको नियमितता, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमको प्रभावकारिता र शिक्षण सिकाईको अवस्थामा बारेमा जानकारी लिन अनुगमन शुरु गरिएको उनले बताए । उनले भने ‘हामीले अनुगमनका क्रममा विद्यालयको शैक्षिक र भौतिक अवस्थाको पनि अनुगमन गर्छौं । यसले आगामी दिनमा योजना बनाउन सहयोग पुग्छ ।’

Atrya hospital

आइतबारदेखि विद्यालय अनुगमन कार्य शुरु भएको र एकहप्ता सम्म यो कार्य जारी रहने शिक्षा अधिकृत भट्टले बताए । अनुगमनका क्रममा देखिएका कुराहरुको प्रतिवेदन तयार पारिने उनले बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अनुगमनका क्रममा विद्यालयहरुका शिक्षकहरुसंग छलफल समेत गर्ने गरिएको भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update