Sagun Khabar
बैतडीमा हिमपात, जनजीवन कष्टकर
Atrya hospital

बैतडी - बैतडी लागात सुदूरपश्चिमका पहाडि तथा हिमालि जिल्लाहरुमा हिमपात भएको छ । मंगलबार राति देखि हिमपात हुँदा  जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको बताइएको छ । हिमपात सगैं बैतडी लगायत विभिन्न ठाउँमा  निकै चिसो बढेको  छ ।

 हिमपातले किसानहरूलाई भने फाईदा पुग्ने भएको छ  । विगत केही दिन देखि पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रन नसक्दा चिन्तामा रहेका किसानहरु  हिमपात भएसँगै खुसी भएका छन । हिमपातसँगै चिसो बढेकाले चिसो बाट बाच्न स्वास्थ्यकर्मीहरूले  सवैमा आग्रह गरेका छन । विषेश गरेर बृद्ध बृद्धा , बालबालिका तथा श्वासप्रश्वासका विरामीहरूलाई विचार पुर्याउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन ।
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०८:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update