बैतडी-बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातका कारण धेरै ठाउँमा यातायात अवरुद्ध बनेका छन् । मंगलबार राती देखी भएको हिमपातका कारण सडक चिप्लो भई सवारी चल्न नसकेपछि यातायात अवरुद्ध बनेको हो । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका छन् ।
जयपृथ्वी राजामार्ग अन्तरगत बैतडीको बजपानि, ढोल्यामोड,र्सिभावरमा सडक अवरुद्व छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ । मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । जयपृथ्वी राजमार्गको बजपानि, ढाल्यामोड,र्सिभावरमा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रशाशनका सुचना अधिकारि खगेन्द्र भारतिले जानकारिदिनुभयो ।
सडक क्षेत्रको हिउँ पन्छाउन डिभिजन सडक पाटनको टोलि र प्रहरी त्यसतर्फ गएको छ । बैतडी,दार्चुला, बझाङ,डडेल्धुरा, डोटी र बाजुराका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।