Sagun Khabar
बैतडीको दोगडाकेदारमा १० जना कर्मचारीहरुको सरुवा
Atrya hospital

बैतडी-संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरे लगत्तै बैतडीको दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीहरुको सरुवा भएको छ । ५ जना वडा सचिवहरु,१ जना इन्जीनियर,२ जना सव ओभरसियर,  १ जना कम्युटर अपरेटर र १ जना आन्तरीक लेखा परिक्षकको सरुवा भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जनक बहादुर बिष्टले बताएका छन् ।

 संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसंगै स्थानीय तहका कर्मचरीहरुको सरुवा गरिएको हो । स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ  ।

 नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । यता गाउँपालिका  अध्यक्ष चक्र कार्कीलेभने अकल्पनिय रुपले   कर्मचारीहरुको सरुवा भएकोले अहिले पालिकामा  सेवा प्रवाह गर्न निकै असहज भएको बताएकाछन् । दोगडाकेदार गाउँपालिकाका ७ वडाहरु सचिव विहिन भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जनक बहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update