Sagun Khabar
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै 
Atrya hospital

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो प्रवासको बसाइ अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ लाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । कांग्रेस मूख्यालयले कुनै औपचारिक कार्यक्रम नराखे पनि जिल्ला तथा स्थानीय स्तरमा राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी  मनाइदै छ ।

 यसै  अवसरमा बिपी संग्राहलयमा बिपी कोइराला, गणेशमान सिंहलगायत नेताका शालिकमा माल्यार्पणको कार्यक्रम पनि रहेको जनाइएको छ । २०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा गएका थिए ।

 नेपाली कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइने गरिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update