Sagun Khabar
जाडोयाममा सडक दुर्घटनाहरू बढि हुने भएकोले सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय बैतडीको अनुरोध

बैतडी-जाडोयाममा सडक दुर्घटना धेरै हुने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले अनुरोध गरेको छ । जाडो मौसममा सडक सतह चिप्लो हुने,बाक्लो हुस्सु लाग्ने, कुहिरो सँगै सितलहरले सडक दुर्घटनाको जोखिम बढि हुने भएकोले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

 शीत, तुसारो, हिमपातले सडक चिप्लो र हिलाम्य हुदा  सडक दुर्घटना बढ्ने भएकोले चालकहरुले विशेष  ध्यानदिनुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले बताए । हुस्सु, तुवाँलोको कारण भिजिबिलिटी कम हुन जान्छ । यस्तो अवस्थामा सावधानी अपनाए दुर्घटनाबाट जोगिन सकिने ट्राफिक प्रहरीको सुझाव रहेको छ ।

Atrya hospital

 चालकले सडक र सडकमा भएका अन्य गतिविधिसँगै मौसमी अवस्थाका बारेमा चनाखो भइ नियन्त्रित गतिमा गाडी चलाए दुर्घटनालाई रोक्न सकिन्छ ।  यस्तै  सडकमा हुने सूचना र निर्देशन चिन्हको  पालना गर्न पनि प्रहरीले सुझाव दिएका छन ।

आफूभन्दा अगाडिको गाडीसँग दूरी राख्ने ,ओभरटेक गर्दा ध्यान दिने , गाडी चलाउनु भन्दा पहिला इन्जिन ठिक भए नभएको जाँच गर्दा दुर्घटनामा कमि ल्याउन सकिनेमा प्रहरीको जोड रहेको छ । त्यसैगरी गाडी यात्रु र बटुवाले पनि आफुले गरिरहेको यात्रा र हिँड्ने बाटोको अवस्थाबारे जानकारी राख्दा र सचेत हुदा दुर्घटना कम गर्न सकिने प्रहरिहरूको भनाइ रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update