सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार पुस १८ गते आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ । पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा तिन वटै जिल्लामा बिदा दिइएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८ १२:३१
प्रतिक्रिया दिनुहोस्