बैतडी-बैतडीको सुर्नया गाउँपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइदैछ । यस अघि मङ्सिर ११ देखि १३ गते सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकहरुका लागी आजबाट दोस्रो मात्रा खोप लगाइने भएको हो । पालिकाका ८ ओटै वडाहरुमा यो अभियान सञ्चालन हुने सुर्नया गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख राम सिंह महराले जानकारी दिए ।
पालिका भरी १८ बर्ष माथिका पहिलो मात्रा लगााएका ३ हजार बढि नागरिकहरुलाई भेरोसेलको दोस्रो मात्रा पुस १६ गते शुक्रबार देखी १८ गते सम्म गलाइने उनले बताए । खोप बिहान १० बजेदेखी बेलुका ४ बजे सम्म प्रत्येक वडाका स्वास्थ्य संस्थाहरूमा लगााइने भएकोले भेरोसेल खोपको पहिलो मात्रा लगाएका र छुटेकाहरूलाइ सम्पर्क गर्न आग्रह गरिएको छ ।
यस्तै बैदेशिक यात्रामा जाने नागरिकहरुलाइ खोप कार्ड अनिवार्य भएकोले कर्यालय समयमा जुनसुकै बेलापनि खोप लगाउन सकिने स्वास्थ्य संयोजक महराले बताए । पहिलाको तुलनामा खोप लगनउनेहरूको सङ्ख्या निकै बढेको संयोजक महाराले बताए । अहिलेसम्म सुर्नया गाउँपालिकाका ६० प्रतिसत नागरिकले पुर्ण मात्रा र ८० प्रतिशत नागरिकहरूले खोपको पहिलो मात्रा लगाइसकेको स्वास्थ संयोजक महराको भनाइ छ ।
यो भन्दा पहिले १२ देखि १७ बर्ष उमेर समुहका किशोरकिशोरी हरुलाई प्रत्येक विद्यालयमा गई मेर्डना खोपको पहिलो मात्रा लगाएको र २८ दिन पछि दोस्रो मात्रा दिइने उनले बताए ।