Sagun Khabar
वन्यजन्तुको चोरि शिकारी गरेको पाइएमा वन्यजन्तु संरक्षण ऐन अनुसार कार्वाही गरिने 

बैतडी–हिउँदको समयमा वन्यजन्तुको चोरि शिकारी हुने सम्भावना बढि हुने भएकोले वन्यजन्तुको चोरि शिकारी रोक्न डिभिजन वन कार्यालय बैतडीले सबैमा आग्रह गरेको छ ।

 मौसमी सिजन अनुसार वन्यजन्तुहरु आ–आफ्नो  वासस्थानमा ओहरदोहर गर्नुका साथै हिउंदको समयमा चिसो बढ्ने संगै हिमपात हुनेहुदा बदेल , रतुवा , चितुवा , दुम्सी लगायत अन्य वन्यजन्तुहरु विभिन्न ठाउमा देखा पर्ने भएकोले वन्यजन्तुको सिकार नगर्न डिभिजन वन कार्यालय बैतडीले सचेत गरेको छ ।

Atrya hospital

 यस समयमा वन्यजन्तुको चोरि शिकार बढि हुनेभएकोले यस्ता कार्य रोक्नकालागी सवैले सहयोग गर्न र वन्यजन्तु हामी सबैका साँझा सम्पत्ति भएकोले आफै सचेत हुन समेत आग्रह गरेको छ ।

 कसैले चोरि शिकार÷अखेटोपहार ओसारपसार गरे वा अन्य कुनै प्रकारले उक्त कार्यमा संलग्न भएमा डिभिजन वन कार्यालय वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरिदिन डिभिजन वन कार्यालयले सवैमा अनुरोध समेत गरेको छ ।

 वन्यजन्तु चोरिशिकारी  गरेको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९  वमोजिम कार्वाही गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update