Sagun Khabar
बैतडीको पञ्चेश्वर ३ मा  विधुत नपुग्दा स्थानियबासी अन्धकारमा बस्न बाध्य

बैतडी – बैतडीको पञ्चेश्वर गाउपालिका वडा नं. ३ मा  विधुत विस्तार हुन नसक्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य रहेका छन । विधुतका पोल तथा तारहरु यत्रतत्र छरिएर फालिएको अवस्थामा रहेका छन् ।

 दुई बर्ष पहिला चार करोडको ठेक्का भए पनि अहिले  सम्म विधुत विस्तार हुन नसक्दा स्थानीयहरू अन्धकारमा बस्न बाध्य भएका छन । सताक्री सिन्टि कन्ट्रक्सन प्रा.ली संग ठेक्का सम्झौता भएको र ठेकेदारको लापरबाहीका कारण अहिले सम्म विधुत विस्तार हुन नसकेको पञ्चेश्वर गाँउपालिका वडा नं. ३ का  वडा अध्यक्ष मिन बहादुर चन्दले बताए ।

Atrya hospital

 यता ठेकेदारले भने लगडाउनका कारण ढिलाइ भएको र अहिले निरन्तर काम चलिरहेको जनाएको छ । दुई  तीन महिना भित्रै काम सम्पन्न गरि सक्ने ठेकेदारको भनाई छ । समयमा ठेक्का पूरा गर्न नसक्ने ठेकेदारहरूलाई कार्वाहीको दायरामा ल्याउन नसक्नुमा सरकार दोसी रहेको स्थानीयहरूको भनाइ छ ।

 सुखि नेपाली सम्वृद्ध नेपालको नारा घन्किरहदा आफुहरू अन्धकारमा बस्नुपरेकोले नारा नारामा मात्र सिमित रहेको भनेर स्थानीयहरू आक्रोशित बनेका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update