बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाको वडा नं १ डोडरचौर श्रीखण्डमा रहेको महारुद्र बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । केशव दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष भुवन राज भट्ट रहनुभएको थियो ।
उक्त कार्यक्रममा व्यवस्थापक मदन सिंह भाटले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ५४ लाख १६ हजार ७ सय २२ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन व्यवस्थापक भाटले पेश गर्नुभएको हो । आजै सम्पन्न कार्यक्रममा बिष्णु दत्त भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति पुर्नगठन गरिएको संस्थाका सह(व्यवस्थापक खेम राज भट्टले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ १८:५२
प्रतिक्रिया दिनुहोस्