Sagun Khabar
बैतडीको दोगडाकेदारमा राष्ट्रिय युवा संघ नेपालको पालिका स्तरीय कमिटी गठन 
Atrya hospital

बैतडी-बैतडीको दोगडाकेदारमा राष्ट्रिय युवा संघ नेपालको पालिका स्तरीय कमिटी आज गठन गरिएको छ । युवा संघ नेपालको ४१ सदश्यीय र उत्पीडित जातिय  मुक्ति समाज नेपालको ४४ सदश्यीय कमिटी गठन गरिएको छ ।

 श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा गरिएको कार्यक्रमका प्रमुख अतिथी ने क पा एमालेका केन्द्रीय सदश्य तथा जिल्ला सह इन्चार्ज एवम्  प्रदेश सभा सांसद लिलाधर भट्ट रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदश्य एवं दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की लगायतका नेता कार्यकर्ताको सहभागीता रहेका थिए ।

 कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागीता रहेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आजका कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सचिव  बिष्ना चन्दले जानकारी दिए 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update