बैतडी- श्री जगन्नाथ कृषक सहकारी संस्था लिमिटेड द न पा ४ साहिलेक बैतडीको १४ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
धर्मानन्द पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्वराज भट्ट,द न पा का निमित्त प्रमुख प्रशासकिय अधिकृत,विक्रम ब. चन्द कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत गोपाल प्रसाद भट्टलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका लेखा अधिकृत भोजराज बोगटिले आ.ब ०७६÷०७७ को २ करोड ६१ लाख ३ सय १० र आ.ब ०७७÷७८ को २ करोड ३७ लाख ६५ हजार ४ सय २२ रुपँया बराबरको आर्थिक प्रतिवेदन पेश गरेको लेखा अधिकृत भोजराज बोगटिल जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ २१:१५
प्रतिक्रिया दिनुहोस्