बैतडी-हरेक वर्ष पौष कृष्ण औँसीका दिन गरिने गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदैछ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।
आज काठमाण्डौको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गममा रहेको बेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो ।
यसै आधारमा आज देश भरिका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । बिषेस गरि सवैले गयामा गई श्राद्ध गर्ने भएकोले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको पाइएको सहप्राध्यापक सापकोटाले बताउनुभयो ।