बैतडी-बैतडीमा महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोलि देखि झुलाघाट सम्म ७९ किमि सडकमा गत आ. व. देखि घुम्ती सुधार गरिने कार्यलाइ यो वर्ष पनि निरन्तरता दिइएको छ ।
घुम्तिहरूमा साँघुरो सडक भएका कारण दुर्घटना बढि हुने सम्भावना हुनेभएकोले संघीय बजेट अन्तर्गत घुम्ती सुधारका कार्यक्रम लागू गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख रमेश चौधरीले बताए ।
घुम्ती सुधार कार्यक्रम लागू हुनु राम्रो भए पनि समयमा काम हुन नसक्नुले घुम्तीहरू धुलाम्य र हिलाम्मे हुदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । मोड सुधार कार्यक्रम अन्तर्गत यस आ व मा पनि ५ करोड बजेट विनियोजन भएको र ठेक्का सम्झौता समेत भईसकेको डिभिजन प्रमुख चौधरीले बताउनुभयो ।
घुम्ती सुधार गर्दा सबै काम सम्पन्न नहुनुले यात्रामा केही कठिनाइ भएको छ तर घुम्ती कटिङ्ग गरेर केही समय ग्याप राख्नु पर्ने भएकोले तुरुन्त सडक कालोपत्रे तथा नालि सुधार गर्न नसकेको डिभिजन प्रमुख चौधरीको भनाइ छ ।
घुम्ती कटिङ्ग गरे लगत्तै सडक कालोपत्रे गर्दा , नालि बनाउदा माथि बाट पहिरो आएर संरचना बिग्रने भएकोले केही समय छोडेर फेरि बनाउने योजना अन्तर्गत नै काम भइरहेको उनको भनाइ छ ।