Sagun Khabar
नेपाली काङ्ग्रेस बैतडीका उप सभापति वीर बहादुर बिष्टलाई पितृशोक
Atrya hospital

बैतडी-नेपाली काङ्ग्रेस बैतडीका उपसभापति तथा सुर्नया गाउँपालिका अध्यक्ष वीर वहादुर बिष्टलाई पितृशोक परेको 
छ । आइतबार बेलुका ५  बजे उहाँका बुवा जय बहादुर बिष्टको श्वासप्रश्वासको बिरामीका कारण उपचारकै क्रममा निधन भएको  पारिवारिक स्रोतले जनाएको छ ।

८६ बर्षको उमेरमा स्वर्गारोहण भएका बिष्टले नेपाली काङ्ग्रेसको सक्रिय राजनीति गरेका बताइएको छ । क्षेत्र नं १ का क्षेत्रिय सभापति रहेका मृतक बिष्ट रौलेश्वर गा वि स सभापति भएर समेत काम गरेका थिए ।

भोलि सोमबार बिहान ८ बजे बिष्टको नेपाली काङ्ग्रेस पार्टीको झण्डा ओडाएर अन्तिम संस्कार गरिने भएकोले सम्पुर्ण शुभचिन्तक हरूमा जानकारीको लागि परिवारजनले आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update