बैतडी-नेकपा एमालेको आठौं जिल्ला अधिवेशन यहीँ पुस २३ गते पाटनमा हुने भएको छ । अधिवेशनको मिति तय भए संगै एमालेका भातृ संगठन तथा बैतडी एमालेका नेता कार्यकर्ता तयारीमा जुटेका छन । अधिवेशनको उदघाटन सत्र यहि पौस २३ गते बिहान १० बजे पाटनमा हुने र बन्द सत्र २३ गते बेलुकी नै हुने जिल्ला कमिटी सदश्य लोक बहादुर भण्डारीले बताए ।२४ गते जिल्ला नेतृत्व चयन हुनेछ ।
सातौं अधिवेशनमा नेतृत्वको लगि चुनाव भएको भए पनि अहिले सर्बसम्मती मै नेतृत्व चयन हुने सम्भावना रहेको उनले बताए । यद्यपि आठौं अधिवेशनमा नेतृत्वको लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको दावि रहेको बुझिएको छ .
कार्यक्रमको लागि राष्ट्रिय युवा संघ नेपाल , अनेरास्ववियु , र नेकपा एमाले नगर कमिटीको टिम तयारीमा जुटिरहेको छ । नेकपा एमाले बैतडीको जिल्ला कमिटि चयनका लागि १० ओटै स्थानिय तहबाट ५०९ प्रतिनिधिहरूले मतदान गर्नेछन । अधिवेशन कै अवसर पारेर मंगलबार पाटन बजार संयुक्त रूपमा सरसफाइ गर्ने तयारि रहेको पाटन नगरपालिकाका प्रबक्ता समेत रहेका जिल्ला कमिटी सदश्य लोक बहादुर भण्डारीले बताए ।