Sagun Khabar
पाटन नयाँ शहर आयोजनाको काम कछुवाको गतिमा,स्थानीय सरकार मौन

बैतडी-बैतडीमा पाटन नयाँ शहर आयोजनाको काममा ढिलासुस्ती हुनुले लक्ष्य समायमा पूरा नहुने सम्भावना देखिएको छ । ११ बर्ष अघि देशका १० ओटा शहरलाई नमूना शहर बनाउने घोषणा भएसंगै बैतडीको पाटनमा पनि नयाँ  शहर बन्ने घोषणा भएको थियो ।

पाटनलाई नमूना शहर बनाउने घोषणा भएसंगै खुसी भएका  स्थानीय वासी पछिल्लो समयमा निराश हुँदै गएका छन् । नयाँ शहर घोषणा भएको ११ वर्ष बितिसक्दा समेत खासै काम हुन नसकेपछि  स्थानीयवासी निराश बन्दै गएका छन ।

Atrya hospital

चालु आर्थिक वर्षमा पुजीगत तर्फ १५ करोड १५ लाख बजेट आएको र १२ ओटा योजनाको लागी टेण्डर आह्वान भैइसकेको जनाइएको छ । टेण्डर आह्वान गरिएपनि केहि समयम  टेण्डर मुल्यांकन समयम हुने भएकोले सम्झौता गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालय  पाटन ले जनाएको  छ । 

जसमध्ये बेडौती गुजर सडकमा ८० लाख , खोड्पे सल्याबासा सडक खण्डमा ८० लाख , ठाँड बगाडी सडकमा ५० लाख , ल्याण्ड फिल्ड सडकमा १ करोड ५० लाख, बसपार्क काउण्टर निमार्णका लागि ५० लाख , खेल मैदानका लागी ४० लाख , बजार क्षेत्रमा सोलार बत्तीका लागि १ करोड , बिजयपुर किचार सुर्नया सडक निमार्णमा ४५ लाख लगायत १२ ओटा योजनाका  टेण्डर खुला गरिएको हो ।

पाटन नयाँ शहर क्षेत्रभित्र विभिन्न विकास निर्माणका कामहरु सम्पन्न भएपनि मुख्य काम शुरुवात नै हुन नसकेको सुचना अधिकारी यादवले बताए । पाटनलाई व्यवस्थित शहर बनाइ कम्तीमा एक लाख मानिसको बसोबास गराउने उद्देश्य रहेको भएपनि स्थानिय सरकार संघ तथा प्रदेश सरकारको मौनताको करण काम नै अघि बढ्न सकेको छैन् । न

याँ शहर आयोजना कहिले प्रदेश,  कहिले संघीय सरकार मातहत रहने गरेकोले पनि खासै काम हुन नसकेको यादवले बताए । २०९० साल सम्म काम सम्पन्न गरिसक्ने लक्ष्य बोकेको भएपनि यस्तै कछुवाको गतिमा काम भएमा लक्ष्य पुरा गर्न नसकिने उनको भनाइ छ ।  

पाटन नयाँ शहर आयोजनामा कर्मचारीको अभाव,राज्यको लापरबाही र प्रत्येक बर्ष बजेट कम आउने गरेकोले काममा ढिलाइ भएको यादवको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update