बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेको गढदेव आधारभूत बिद्यालयको भवन भत्किदा पठनपाठनमा समस्या भएको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको पहिरोले भत्किएको भवन अहिले सम्म पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या भएको हो ।
अविरल बर्षा संगै आएको पहिरोले बिद्यालय भवन पुर्णरुपमा क्षति भएपछि विगत तीन महिनादेखि विद्यार्थि खुल्ला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन । सात कोठे भवन सगैं फर्निचर लगायत अन्य संरचना पहिराले क्षति पु¥याएपछि विद्यार्थीहरू खुल्ला चौरमा बस्न बाध्य भएका विद्यालयका प्रधानाध्यापक निर्मला चन्दले बताए । बिधालय नजिक चौर समेत नभएकोले एक किलोमिटर टाढा गएर चौरमा पठनपाठन गर्नुपरिरहेको उनको भनाइ छ ।
कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ७८ जना विद्यार्थी अध्ययनरत रहेका छन । विद्यालय भवन भत्किएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाईमा पत्राचार गरेको भएपनि अहिले सम्म कुनै पहल नभएको प्राधानाध्यापक चन्दले बताए ।
यता गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले भने पहिराले विद्यालयकोे भवन भत्काएको विषयमा शिक्षा विकास तथा समन्वय ईकाइ,जिल्ला प्रशासन,रेडक्रस र प्रदेश , संघ सरकारसँग माग गरेको भएपनि कुनै ठाँउबाट सहयोग नमिलेको बताए ।
पलिका संग पनि प्रर्याप्त बजेट नभएकोले भवन पुनर्निर्माणमा समस्या भइरहेको अध्यक्ष चन्दले बताए । पलिका बाट हुने सक्दो सहयोग पालिकामा लेखापाल नभएको कारण गर्न नसकिएको उनको भनाइ छ । यस्तै वडा न. २ मा पनि भृकुटी आधारभुत विद्यलयको भवन भत्किएको र पुनर्निर्माणमा समस्या भएको अध्यक्ष चन्दले बताए ।