Sagun Khabar
बैतडीमा एमाले आठौं जिल्ला अधिवेशनको चहलपहल , पाटन बजारमा सरसफाइ 

बैतडी–बैतडीमा नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको चहल पहल बढेको छ । अधिवेशनको पुर्व सन्ध्यामा पाटन बजारमा मंगलबार सरसफाइ गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल , अनेरास्ववियु ,नेकपा एमाले पाटन नगरकमिटीको संयुक्त आयोजनामा पाटन बजार सफाइ गरेको जिल्ला कमिटी सदश्य एवम् पाटन नगरपालिकाका प्रबक्ता लोक बहादुर भण्डारीले बताए ।

Atrya hospital

२३ गते हुन गइरहेको एमालेको जिल्ला अधिवेशनलाई भब्य रूपमा सम्पन्न गर्नको लागि मञ्च व्यवस्थापन , प्रतिनिधि ,नेता कार्यकर्ताहरूको खाने बस्ने व्यवस्थापन लगायत आवश्यक तयारी चलिरहेको जनाइएको छ । पाटनमा एमालेको अधिवेशनको तयारी संगै  बजारमा समेत चहलपहल बढेको होटेल व्यवसायी करन महराले बताए ।

धेरै जसो अधिवेशन लगायत कार्यक्रमहरू सदरमुकाम केन्द्रीत हुने गर्दछन तर एमालेको आठौं अधिवेशन पाटनमा हुने तयारी भए संगै बजारमा चहलपहल बढेपछि पाटन बजारको व्यापारमा टेवा पुग्ने भन्दै व्यापारी खुसि भएका होटेल व्यवसायी महराको भनाइ छ । बुधबार पाटन बजारलाई पार्टीको झण्डाले बेहुली झै शृङ्गारिने नगर कमिटी अध्यक्ष गणेश बिष्टले बताए ।
यहीँ पुस २३ गते १० बजे पाटन खुल्ला मञ्चमा उद्घाटन  सत्र हुने , बेलुका ५ बजे बन्द सत्र  र २४ गते नेतृत्व चयन हुने जनाइएको छ । आठौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको दौडमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको दावि रहेको बुझिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update