Sagun Khabar
देशभर मौसम बदली,बर्षा र हिमपातको सम्भावना
Atrya hospital

बैतडी- पश्चिमी वायुको अर्को प्रणाली फेरि नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउदो शनिबारसम्म रहने मौसमविदको अनुमान छ । उक्त प्रभाव देशभरमै पर्ने  मौसमविधहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  सुदूरपश्चिममा बुधबार (भोलि)देखि पानी पर्ने छ ।

(आज)  मंगलबार रातिबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिने र यो प्रणालीको प्रभाव विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी देखिने मौसमविधहरुको भनाइ छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको  हिमपातको सम्भावना  रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update