Sagun Khabar
बैतडीमा एमाले जिल्ला अधिवेशन आज, अधिवेशनको तयारी पुरा

नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आज हुदैँछ । जिल्लाको पाटनमा हुने आठौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनमा जिल्ला भरीबाट जम्मा ५सय ९ जना प्रतिनिधि सहभागी हुनेछन् भने, पार्टीका नेता कार्यकर्ता र सुभेच्छुकहरु सहभागी हुने बताइएको छ ।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा हुने उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरनसिंह दयाल प्रमुख अतिथी रहने छन् । यसका साथै प्रदेश कमिटिका अध्यक्ष तथा संघीय सांसद दामोदर भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज लिलाधर भट्ट लगायतका नेता कार्यकर्ताको सहभागिता हुने आर्थिक विभाग प्रमुख चक्र कार्कीले बताउनुभयो ।

Atrya hospital

अधिवेशनका लागि सबै तयारीहरु पुरा भएको उहाँले बताउनुभयो । पाटन स्थीत खुल्लामञ्चमा हुने उद्घाटन समारोहका लागि मञ्च सजाउनुका साथै बजारलाई पार्टीका झण्डा र व्यानरले सजाइएको छ । अधिवेशनमा १७लाख रकम खर्च हुन सक्ने अनुमान गरिएको छ ।

आज देशभरका जिल्ला अधिवेशन लाई पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी ओलीले बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ ।

टाढाका पालिकाहरुबाट प्रतिनिधिहरु हिजै पाटन पुगिसकेकाछन् भने, नजिकका पालिकाहरुबाट प्रतिनिधि ल्याउन गाडी बुकिंग गरिएको प्रचार विभाग प्रमुख रमिल बमले बताउनुभयो । 

अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । ​अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update