बैतडी -बैतडीको डिलाशैनीमा आइतबार शोक बिदा दिने निर्णय गरेको छ । वडा नं ३ स्थित रूद्रेश्वर स्वास्थ्य चौकिमा कार्यरत अहेब माधव प्रसाद भट्टको उपचारको क्रममा निधन भएपछि आइतबार बिदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बोहराले बताए ।
एक निस्ठावान राष्ट्रसेवक कर्मचारीको उपचारको क्रममा अल्पायुमै निधन भएपछि सम्पुर्ण गाउँपालिका परिवार मर्माहत भएको गाउपालिका अध्यक्ष उकेन्द्र बोहरा द्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।
आइतबार २५ गते गाउँपालिका अन्तर्गतका वडा कार्यालय , बिषयगत शाखाका साथै गाउँपालिका भरिका सामुदायिक बिधालयहरूमा बिदा दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८ १९:०६
प्रतिक्रिया दिनुहोस्