बैतडी-बैतडीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार र आइतबार परिक्षण गर्दा दशरथचन्द नगरपालिकाका थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । जिल्लामा अहिले जम्मा १७ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १० जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, सुर्नया गाउँपालिकामा ३ जना, र मेलौलि नगरपालिकामा १ जना गरि जिल्लामा जम्मा १७ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका ६ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।
पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका,डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय कोरोनाका संक्रमित बढिरहेका हुनाले सुरक्षाका मापदण्ड अपनाइ सचेत रहन सबैमा स्वास्थ्यकर्मीहरूले आग्रह समेत गरेका छन ।